अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत राजनैतिक र संगठनात्मक प्रतिवेदनमाथिको छलफल जारी

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौंथो पूर्ण बैठक सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबारदेखि प्रज्ञा भवन कमलादी, काठमाडौँमा जारी रहेको छ । केन्द्रीय समितिको बैठकसम्बन्धी संक्षिप्त जानकारी गराउने उद्देश्यले पार्टीका प्रवक्ता कृष्णहवादुर महाराले नोट जारी गरेका छन् ।

बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डबाट संक्षिप्त मन्तव्यसहित बैठकको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष कमरेड प्रचण्डले बुधबार राजनैतिक एवम् संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको ‘‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि हालसम्म ७४ जना कमरेडहरूले आफ्नो विचार राख्नुभएको छ । विचार राख्ने सबैजसो कमरेडहरूले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनको मूल स्प्रीडको समर्थन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकारले लिएको पहल र पार्टी पुनर्निर्माणका पक्षमा आ–आफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको छ ।

प्रस्तावमाथि बुधबार १८ जना र विहीबार पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरासहित निम्न ५६ जना कमरेडहरुले आफ्नो धारणा राख्नुभएको छ ।

बिहीबारको बैठकमा झंकार साउद, लेखनाथ न्यौपाने, मणिकुमार साम्पाङ, ओमप्रकाश पुन, गोविन्द लोहार, नारायणकाजी श्रेष्ठ, केशवनाथ योगी, दीलिपकुमार प्रजापति, हितबहादुर तामाङ, माधव सापकोटा, हरिराज अधिकारी, शिवराम यादव, दीपेन्द्र पुन, हरिनारायण चौधरी, दीलिप साह, झकबहादुर मल्ल, विष्णुप्रसाद भट्ट, भीमकुमारी बुढामगर, रामदीप आचार्य, सुरेश आलेमगर, भगतबहादुर बडुवाल, कीर्तिबहादुर पुन, कृष्णबहादुर महरा, नगेन्द्र राई, प्रकाशहरि पोखरेल, डिपी ढकाल, कालीबहादुर मल्ल, नीलकण्ठ तिवारी, विशाल खड्का, आइपी खरेलले आफ्नो धारण राख्नुभएको छ ।

यस्र्तै नरेन्द्र न्यौपाने, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, गगन पुरी, बिमला सुवेदी, सन्तोष विष्ट, टेकबहादुर बस्नेत, नरबहादुर विष्ट, दुर्गाकुमारी बि।क।, प्रह्लाद बुढाथोकी, लक्ष्मी पुन, शिवकुमार डाँगी, वीरबहादुर रावल, जगत सिम्खडा, विजय भण्डारी, दलजीत श्रीपाली, रणेन्द्र बराइली, विष्णु बि।क।, परशुराम रम्तेल, धनप्रसाद सापकोटा, टेकबहादुर बलम्पाकी, अनिलकिशोर घिमिरे, लोचन केसी, राजबहादुर बुढा, बिमल अधिकारी र गोम्बु शेर्पाले आफ्नो धारणा राख्नुभएको छ ।

बैठकमा अफ्ना विचार राख्दै पार्टी अध्यक्ष कमरेड प्रचण्ड नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित जनप्रिय काम गरिरहेको, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको, पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनले संश्लेषण गरेको राजनीतिक कार्यदिशा वैज्ञानिक र वस्तुनिष्ठ भएकाले सोहीअनुरूप पार्टी पुनर्निर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्ने, पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिंगो पार्टी एकतावद्ध संकल्पका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

बैठकमा सहभागीहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बिहीबार स्थगित केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजेबाट पुन शुरु हुनेछ । सो बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *