सिन्धुली,अनेरास्ववियु(क्रान्तिकारी) कमलामाई नगर कमिटीको दोस्रो नगर सम्मेलन शनिवार सम्पनन भएको छ । सम्मेलनले डोर बहादुर बराल(पारस) को नेतृत्वमा ३३ सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्ष रुहि दाहाल(आस्था)उपाध्यक्ष रन्जित थापा,सचिव अविशेक तामाङ,सहसचिव रविना कुमर दनुवार,सह(सचिव विष्णु पाण्डे,सहसचिव सविन लामा,कोषाध्यक्ष मित्र कुमार श्रेष्ठ(मिलन) सहित ३३ सदस्यीय कमिटी गठन भएको विद्यार्थीका जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रम नेकपा(माओवादी केन्द्र) कमलामाई नगर कमिटी अध्यक्ष शेर बहादुर कार्की को प्रमुख आतिथ्यतामा, विद्यार्थी फ्र्याक्सन इन्चार्ज हेम कार्की, अखिल(क्रान्तिकारी) जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठ , कमलामाई नगर सचिव चन्द्रनाथ गौतम, केन्द्रीय सदस्यहरु गोविन्द पहाडी, सुबास श्रेष्ठ, कुशल दाहाल,शंकलाल बम्जन, विभिन्न पालिकावाट प्रतिनिधि, १४ वडावाट विद्यार्थी प्रतिनिधिहरु सहित को उपस्थिति रहेको थियो ।