सिन्धुली,कमलामाई नगरपालीका वडा नम्वर ६ निवासी अरुणकुमार कट्टले,वुहारी सावित्री दाहाल कट्टेल,नाति उपेन्द्र शर्मा कट्टेलले स्वर्गीय वुवा हेमप्रसाद उपाध्याय कट्टेल स्मृती अक्षय कोषको स्थापना गरेका छन् ।
वुवाको श्राद्धको तिथि पारेर शनिवार अरुण परिवारले शिद्धवावा उच्चमावि पानीट्याङकीका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरेर कोषको स्थापना गरेको वताए । कोषको रासी १ लाख २५ हजार ५ सय ५५ रहेको छ ।
हेमप्रसाद उपाध्याय कट्टेल स्मृती अक्षय कोषको चेक कमलामाई नगरपालीका वडा नम्वर ६ अध्यक्ष एवं शिद्धवावा स्कुल व्यवस्थापन समितीका अध्यक्ष उज्वल थापालाई कट्टेले हस्तान्तर गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा वडा नम्वर ६का वडा सदस्य ज्योति कार्की,स्कुलका प्रध्यानाध्यापक टोमप्रसाद काफ्ले,विद्यालयका शिक्षक,शिक्षीकाहरुको सहभागीता रहेको थियो ।
विद्यालयको वार्षिक उत्सवमा कक्षा १ देखी १२ सम्म पढ्ने उत्कृष्ट विद्यार्थीहरुलाई अक्षय कोषवाट प्राप्त भएको व्याजले पुरस्कार वितरण गरिने छ ।
जिल्ला प्रशासन कार्यालयवाट विद्यान स्कृति भए पछि अध्यक्ष कोष संचालनमा आउनेछ । त्यसको खाता दाताको तर्फवाट अरुणकुमार कट्टेल र शिद्धवावा उमाविका प्रध्यानाध्यापकको संयुक्त दस्तखत चल्लने गरी संचालन गरिने छ ।