सिन्धुली,प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनितिक सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलले माओवादी केन्द्रको नेतृत्व अवरवादको घेरामा फसेको वताए । सिन्धुलीमा पुर्व जनमुक्ति सेनाको २३ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम प्रमुख वक्ताको रुपमा सिन्धुली आएका गजुरेलले पार्टी नेतृत्व पनि असन्तुष्टी व्यक्त गरेका हुन ।
पार्टी नेतृत्व भेट्न पार्टीको केन्द्रीय सदस्यहरु भेट्न सक्दैनन । जनयुद्धमा योगदान गरेका साथीहरुले आफ्नो कमाण्डर भेट्न पाउदैन । तर चाकडी शव्द प्रयोग गरी वोल्ने,नराम्रोलाई पनि राम्रो भनि जस्ले वयान गरि रहन्छ त्यसले जतिखेर पनि सजिल्यै भेट्न पाउछ माओवादीका पुर्व जनमुक्ती सेनाका कमाण्डहरुसँग गजुरेलले असन्तुष्टी व्यक्ती गरे । असल कार्यकर्तालाई भेट दिँदा पार्टी विग्रीयो भन्दै नेतृत्वलाई सुझाव सल्लाह दिन्छ । कार्यकर्ताको राम्रो सुझाव सल्लाह नेतृत्वले पचाउन छाडेको उनले उल्टै जनमुक्ती सेनासँग दुखेसो गरे ।
हाम्रो पार्टी माओवादी केन्द्र शान्ति प्रकृया पछि विग्रीएको गजुरेलले दावी गरे । त्यसको अपजस मैले पनि लिन पर्छ र म लिन्छु पनि उनले भने । खासगरी माओवादी विग्रिनुको मुख्य कारण तराईमा आन्दोलन हुँदै गर्दा लाहानमा गोली चलाउनु र चितवनको प्रशिक्षणमा किरणले शान्ति प्रकृयामा माओवादी आउनु आफुलाई ठिक नलागेको भने त्यसको जवाफ अध्यक्ष प्रचण्डले प्रशिक्षणमा जवाफ दिन सक्दा कार्यकर्ता दिगभ्रमित भएर प्रशिक्षण पछि पार्टीमा अनेक समस्या देखा परेको उनले वताए ।
सो कार्यक्रममा माओवादीका नेताहरु महेश्वर दाहाल,गोपी आछामीले जनमुक्ती सेनाको स्थापना गर्नुको औचित्य प्रस्ट्याएका थिए । मात्रीका भट्टराई,सुस्पा भुजेल,गोपाल श्रेष्ठ,गौरव कार्की,अजय गिरी,अनिता माझी,राजकुमार श्रेष्ठ,सरिता लामाले पुर्व जनमुक्ती सेनालाई पार्टीले उचित व्यवस्थापन,हेरविचार गर्न नसकेको गुनासो गरे ।