सिन्धुली अस्पतालमा प्रसुती हुन नसकि महिलाको मृत्यु भएको विषयलाई लिएर पिडीतहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालयमा पिडीत पक्ष,अस्पताल व्यवस्थापन र सरोकारवाल निकाय विच सहमती भए पछि पिडीत पक्षले आन्दोलन फिर्ता लिएका हुन । अस्पतालमा कमलामाई नगरपालिका ५ सिलामेकी २९ बर्षिया गंगा गुरुङ श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले मंगलवार राती अस्पताल तोडफोड गरेका थिए।
जिल्ला प्रशासन कार्यालयमा अस्पताल,पिडित पक्ष र सरोकारवाल विचको छलफल पछि घट्ना कसरी भयो त्यसको सत्य तथ्य छानविन गर्न वागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई सरकारलाई अनुरोध गर्ने,वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले तोकेको २ जना चिकित्सक,स्वास्थ्य कार्यालय सिन्धुलीका एक प्रतिनिधी र पिडीतवाट आमन्त्रीत प्रतिनिधी एक जना छानविन समितीमा राख्ने सहमती भएको छ ।
जिल्ला अस्पतालको आन्तरिक व्यवस्थापन सुधार तथा सम्वद्ध स्वास्थ्यकर्मीहरुको व्यवहारगत पक्षमा सुधारका कार्यहरु गर्नु पर्ने,अस्पताल सवैको साझा सम्पत्ति रहेको तथ्य मनन गर्नु पर्ने,स्थास्थ्यकर्मीले मनोवल उच्च राख्ने,पिडीत पक्षले विरोध र आन्दोलनका कार्यक्रम फिर्ता लिने,मृतकको शव वुझी अन्त्येष्टि गर्ने,अस्पताल व्यवस्थापनले सरसफाई गरी अस्पतालको सेवालाई सुचारु गर्ने सहमती भएको छ ।
यस्तै गरी अलिखित रुपमा भएका सहमती कमलामाई नगरपालीकाले मृतकको परिवारलाई ५० हजार नगद सहयोग गर्ने,मृतकका दुई छोरीलाई शिक्षा,स्वास्थ्यको प्रवन्ध मिलाउने,मृतकको लास पोष्टमार्टम सिन्धुली जिल्ला अस्पताल भन्दा वाहिरका चिकित्सकवाट गराउने सहमती भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल,कमलामाई नगरपालीका प्रमुख उपेन्द्र पोखरेल,एस्पी राजकुमार सिलवाल,प्रदिप कटुवाल,अस्पताल विकास समिति अध्यक्ष सतिश चन्द्र ढकाल, मेसु उमेश प्रधान, पिडीतको तर्फवाट सोमवहादुर श्रेष्ठ मृतकको जेठाजु, मृतकको काका तुलावहादुर गुरुङ्गले आन्दोलन फिर्ता गर्ने सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।