आईतवार विपी राजमार्गमा तिनवटा दुर्घटना

सिन्धुली,सिन्धुलीमा आइतवार भएका छुट्टाछुट्टै दुर्घटनामा तिन जना घाइते भएका छन । बि.पि.राजगार्गमा काठमाडौ बाट सिन्धुली तर्फ आउदै गरेको प्र.२ ०३–००१ ज ०००२नं.को वीङ्गर र बिपरीत दिशा सिन्धुलीबाट खुर्कोट तर्फ जादै गरेको प्र.२.०२–००३ प ३१०० नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

घाईते हुनेमा मोटरसाइकल चालक धनुषा मुखियापट्टी गापा ४ बस्ने बर्ष अं.३५ को शिवनाथ महतोको मुखमा र कम्मरमा चोट र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउबस्ने बर्ष ४० को मदन साह रहेको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारको लागी स्थानीय सुभजिवन अस्पताल खुर्कोट पठाईएकोमा सामान्य उपचार पश्चतात थप उपचारको लागी धुलिखेल तर्फ पठाएको प्रहरीको भनाई छ ।

यस्तै बिपी राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते भएका छन । बर्दिबास बाट सिन्धुली तर्फ आउदैै गरेको बाग्मती प्रदेश ०७–००१ प ००३६ नम्बरको मोटरसाइकलले कमलामाई–९ बस्ने पैदल यात्री बर्ष–८५ को भक्तबहादुर सार्की लाई बाटो काट्ने क्रममा ठक्कर दिदा निजको बाँया हात भाँचिएको,टाउको,मुख,खुट्टा र ढाडमा चोट लागी भिमान पोलिक्ल्निकमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी ट्रमा साई अस्पताल बर्दिबास तर्फ पठाइएका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *