सिन्धुली,नेकपा एमाले सिन्धुलीको आईतवार भएको सचिवालय वैठकमा एमालेका जिल्ला नेताहरु वाझा वाझ गरे पछि वैठकमा अभिभावकत्व ग्रहण गरेर वसेका पुराना नेता फाल्गुणि शर्माले आँसु झारेर दुवै पक्षलाई सम्झाने प्रयास गरे पनि सफल भएनन ।
वैठकको विषय थियो सदस्यता टुङग्याउने त्यो विषयमा सामान्य छलफल हुँन नपाउदै विषययान्तर भयो । वैठकका पार्टी कार्यालय निर्माण र शहरी तथा भवन कार्यालयवाट भुक्तानी नभएको विषयमा अध्यक्ष महेन्द्रदेव श्रेष्ठ र खड्ग खत्री पक्षधर विच चर्काचर्की भएको थियो । स्थिती असामान्य भए पछि फाल्गुणी शर्माले दुवै पक्षलाई सम्झाउने प्रयास गरे,प्रयास असफल भए पछि शर्माले आँसु झारेर भक्कानिएको एमाले वैठकमा सहभागी एक सचिवालय सदस्यले वताए ।
अध्यक्ष महेन्द्रदेव श्रेष्ठले पार्टी कार्यालय निर्माणको विषय सहित पार्टीको आन्तरिक जिवनका विषयमा सामाजीक संजालमा पाटी विरुद्ध लेखेको भन्दै खड्ग खत्री,प्रेम दाहाल,वलवीर भुजेल,दिपेन्द्र फुयाँल र कृष्णहरि घिमिरेको फेसवुक पेज छानविन गर्न अभिवक्ता नारायण वरालको संयोजनमा तिन सदस्य छानविन समिती गठन गर्ने निर्णय गराए । समितीमा सदस्य धिरज मगर र प्रमिला वाईवा रहेको एक सचिवालयले जानकारी दिए । वराल नेतृत्वको छानविन समितीको प्रतिवेदनका आधारमा पाँच भाईहरुलाई डन्डा लगाउने सोचमा प्रदिप,महेन्द्रको टिम पुगेको श्रोतको दावी छ ।
कुनै वेला साईवर सेना वनाएर सामाजीक संजाल कव्जा गर्ने रणनिती लिएको एमालेले अहिले आफ्नै नेताहरुको फेसवुक पेज नियन्त्रण गर्न छानविन समिती वनाएको छ ।
