एम्वुलेन्सको ठक्करले ६ जना घाईते

सिन्धुली,दुधौली नगरपालीकामा एम्बुलेन्सले ठक्कर दिँदा ६ जना घाइते भएका छन् । आइतबार दिउँसो कटारी तर्फ जाँदै गरेको १ ह ३३७७ नम्बरको अटोलाई कटारी बाट दुधौली तर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४७१५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा अटोमा सवार चालक सहित ६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुधौली नगरपालिका ८ तिकुने स्थित मदन भण्डारी राजमार्गमा एम्बुलेन्सले अटोलाई ठक्कर दिएको हो ।

एम्बुलेन्सको ठक्कर बाट घाइते भएका ६ जना मध्ये ५ जनालाई उपचारको लागि धुलिखेल तर्फ पठाएको उहाँले जानकारी दिनुभयो । अटो चालक दुधौली नगरपालिका ७ का ४२ वर्षीय अर्जुन के।सी।, २८ वर्षीय नीरज खत्री, २८ बर्षिया समीक्षा अधिकारी ४५ बर्षिया कल्पना खत्री, ३६ बर्षिया विनीता श्रेष्ठ घाइते हुनु भएको र थप उपचारका लागि धुलिखेल पठाइएको छ ।

दुधौली नगरपालिका ७ का ४५ वर्षीय बल बहादुर थाप मगर सामान्य घाइते हुनु भएको र उहाँको हिम्स हस्पिटलमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । एम्बुलेन्स र एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *