सिन्धुली,मरिण गाँउपालीका ५ का दुई जनालाई गाई काटेको आरोपमा एक हप्ता अघि पक्राउ परेका दुई जनालाई आज प्रहरीले छाडेको छ । मंसिर २६ गते पक्राउ परेका मरिण गाउँपालिका वडा नम्बर ५ का ऐमान सिङ गोले र नक्दले गोलेलाई प्रहरीले हाजिर जमानीमा छाडिएको छुटेका छन।
अनुसन्धानको लागि विधि विज्ञान प्रयोगशाला पठाएको र ल्याब रिपोर्ट नआए सम्मको लागि पक्राउ परेका दुई जनालाई आवश्यक परेको बेला हाजिर हुने गरी जमानीमा छाडिको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
स्थानीय संगिता माझीको मरेको गाई काटेर घर लैजान लागेको बेला ईलाका प्रहरी कार्यालय कपिलाकोटले उनीहरूलाई पक्राउ गरेको थियो । झुटो अभियोग लगाएर निर्दोष व्यक्तिहरू पक्राउ गरेको भन्दै नेपाल तामाङ घेदुङ सिन्धुलीले तत्काल छाड्न जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएको थियो ।
अनुसन्धानको क्रममा आवश्यक परेका बेला उपस्थित गराउने गरी कमलामाई नगरपालीका ७ का वडा अध्यक्ष कर्ण घिसिङ र मरिण गाउँपालिका ५ का वडाध्यक्ष दीपक माझीको रोहवरमा स्थानीय पाल्साङ बम्जन लाई दुवै जना जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।