सिन्धुली,गर्मी वढेसँगै कमलामाई नगरपालीकाले सामुदायीक तथा संस्थागत विद्यालयलाई ७ दिन विद्यालयमा पठन पाठन वन्द गर्न निर्देशन दिएको छ । जेठ ३१ गते देखी असार ५ गते ७ दिन सम्म नगरपालीकाले गर्मी विदा दिने निर्णय गरेको छ ।
केहि दिन देखी अध्यधिक गर्मीका कारण जनजीवन प्रभावित भई वालवालिकाहरु घरवाट विद्यालय आउन तथा पठनपाठन गर्न कठीनाई भएको भन्ने आम अनगुनासो लाई मध्यनजर गर्दै नगरपालीकाले विद्यालय वन्द गर्ने निर्णय गरेको कावा नगर प्रमुख मन्जु देवकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गर्मी विदा वर्खे विदावाट कट्टा हुनेगरी विद्यालय वन्द गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।