सिन्धुली,कमलामाई नगरपालिका सिन्धुलीले एक बिज्ञप्ति जारी गर्दै नगरपालीका मातहतवाट शिक्षक,कर्मचारीले आफ्ना छोराछोरीलाई नयाँ शैक्षिक सत्रवाट सामुदायीक विद्यालयमा भर्ना गर्न निर्देशन जारी गरेको छ ।
कमलामाई नगरपालिकाको कार्यपालिका बैठकले २०८० फाल्गुण १६ गते गरेको निर्णय अनुसार सामुदायीक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने निर्णय गरेकोले आगामी शैक्षिक सत्र २०८१ देखी पूर्ण रुपमा कार्यान्वयन गर्न निर्देशन गरिएको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दाहालले जानकारी दिए।
कमलामाई नगरपालिकाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी गरिएको निर्णय जसरी पनि कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले वताए।