सिन्धुली जिल्लाको कमलामाई नगरपालीका वडा नम्वर १३ का पुर्णप्रसाद दाहालको कमलाखोलाले वगाउँदा मृत्यु भएको छ । माथिल्लो रानीबास बस्ने वर्ष ६९ पुर्णप्रसाद दाहाल र उनका छिमेकी वर्ष ६८ का कर्णवहादुर कार्की सोमवार विहान गोरु किन्न मडाहा गएका थिए ।

मडाहामा खरिद गरिएको गोरु घर रानीवास ल्याउदै गर्दा वडा नम्वर १४ को खिरखिरे चन्दनपुर स्थित कमला खोला गर्ने क्रममा दाहाललाई वताएको जिल्ला प्रहारी कार्यालय सिन्धुलीले जनाएको छ । दाहालको लास वगाएको स्थानवाट करिव २ किलोमीटर तल कमलाखोलामा फेला गरेको प्रहरीले जानकारी दिएको छ ।