काभ्रेमा प्रेस सेन्टर वागमती प्रदेशको साधारण सभा सम्पन्न

काभ्रे, प्रेस सेन्टर नेपाल बागमती प्रदेशको साधारणसभा काभ्रेको धुलिखेलमा भोलि शनिबार हुनेभएको छ । साधारणसभाको समुद्घाटन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ भोलि बिहान काभ्रेपलान्चोक आउने कार्यक्रम रहेको छ । काभ्रेको धुलिखेल तालीम केन्द्रको सभाहलमा भएको साधारणसभामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, नेपाल पत्रकार महासघ, प्रेस सेन्टर नेपाल लगायतका बिभिन्न संघरसङ्गठनका नेतृत्वको सहभागिता रहेको छ ।

रहने प्रेस सेन्टर नेपाल बागमती प्रदेशका महासचिव ध्रुव अधिकारीले बताउनुभयो । साधारणसभामा बागमती प्रदेशका विभिन्न जिल्लाका करिब २ सय पत्रकारहरु सहभागी हुने अधिकारीले बताउनुभयो ।

साधारणसभामा प्रेस सेन्टर नेपालको केन्द्रीय नेतृत्व, बागमती प्रदेश समिति, प्रदेश प्रतिनिधि र १० जिल्लाका जिल्ला अध्यक्षहरु सहभागी हुने प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *