सिन्धुली जिल्लाको दुधौली नगरपालीका वडा नम्वर ८ खोरभन्ज्याङ स्थित मदन भण्डारी राजमार्गमा कटारीबाट डकाहातर्फ आउदै गरेको कारले ठक्कर दिँदा एक वालकको मृत्यु भएको छ । संखुवासभा चैनपुर नगरपालीका १० बस्ने राम कुमार राईले चलाएको वा ०१८८ नम्वर कारले ठक्कर दिँदा अन्दाजी १० वर्षका वालक मन्देशको दुधौली अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

