किन सिन्धुलीमा पक्राउ पर्न छाडे अवैध सामान

काभ्रे,सिन्धुलीहुँदै काठमाण्डौँ जाँदै गरेका साधन काभ्रेपलान्चोक जिल्लाको काभ्रेभञ्याङमा चेकजाँच गर्ने क्रममा फर्जी बिल बनाई, बिल बिनाको सामान फेला पारी प्रहरीले नियन्त्रणमा लिएको वागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सिन्धुलीका भिमान,सिन्धुलीको मुख्य चेक प्वाइन्ट ट्राफिक चोक,हिरापानी,खनियाखर्क,खुर्कोट,रातमाटा र दुम्जा चेक प्वान्ट पार गर्दै अवै सामानहरु प्रहरीसँगको मिलेमत्तोमा पास भएका छन् । त्यस्ता सामानहरु काभ्रेमा फेला पर्न थालेका छन ।

पक्राउ परेका सामानहरु बा.प्र.०३,००१ ज ०४७३ नंम्वर को इभि गाडीमा ल्याएको लेहेङ्गा थान ५ व्लाउज थान १०० पिस अन्दाजी मुल्य १ लाख,बा ५ ख ७२७ नम्वर को हाइसमा ल्याएको मिक्चर थान १० मुल्य ५० हजार बराबरको,बा ४ ख ६३५६ नम्वरको हाईस गाडीमा कुर्था सुरुवाल सेट ३६, टप्स थान १३ पिस मुल्य ४० हजार नम्बर नखुलेको गाडीबाट २ वटा जेब्रा झोलामा मयूरको प्वाख फेला पारी नियन्त्रणमा लिएको वागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *