सिन्धुली,नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सिन्धुली जिल्लाको समसामयिक विद्युत विकासको सन्दर्भमा बाँकी रहेका काम छिट्टै सम्पन्न गर्न र जिल्लाको विद्युत आयोजना बारे सिन्धुली प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)ले छलफल गर्नुभएको छ ।
यसै क्रममा कुलमान घिसिङले विद्युतको क्षेत्रमा आफु आएपछि जिल्लाको नेतृत्वको सहकार्य मै सिन्धुलीमा २०५ विकासको अवस्थाबाट सिन्धुलीमा ८०५ काम भइसकेको जसमा २ अर्व बढी लगानी भइसकेको जानकारी गराउनुभयो र बाँकी रहेको काम १ वर्ष भित्र सकिने गरी काम गर्न लागेको बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र) को उज्यालो नेपाल अभियानका क्रममा कुलमान घिसिङ लाई २ पटक प्रचण्ड प्रधानमन्त्री हुँदा कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो । यहि अभियानले नेपालमा १८ घण्टा सम्मको लोडसेडिङको अन्त्य भएको थियो । सिन्धुलीका सवै गाँउपालीकाको अधिकांश वडाहरुमा विद्युत विस्ता भैसकेको छ । केही गाँउपालीकाको केही वडाहरुमा मात्रै विद्युत विस्ता गर्न वाँकी रहेको छ ।