सिन्धुलीको कमलामाई नगरपालीका वडा नम्वर ६ मा रहेको भगवती अंग्रेजी विद्यालयले सुनकोशी गाँउपालीका वडा नम्वर १ दुम्जामा रहेको कुशेश्वर गुरुकुल धार्मीक विद्यालयका वटुकहरुलाई लक्षित गरी खाद्यान्य सहयोग गरेको छ । अशोज १२ गते आएको वाढीपैरोमा सो धार्मीक विद्यालय प्रभावित भएको थियो ।
गुरुकुल आधारभुत विद्यालयमा कक्षा ६ देखी ८ सम्म नेपाली,अंग्रेजी,गणीत,वेद,कर्मखान्ड,अम्वकोष,संस्कृत भाषा पढाई हुने गरेको विद्यालयले जनाएको छ ।
विपतमा परेको गुरुकुल धार्मीक विद्यालयको आफ्नै आम्दानीको श्रोत नभएकोले केही सहयोग गरौं भन्ने उदेश्यले खाद्यान्य प्रदान गरेको भगवती विद्यालय संचालक समितीका अध्यक्ष संजयकुमार दाहालले वताए । समस्यामा परेको एउटा विद्यालयले अर्को विद्यालयलाई सहयोग गर्नु मानविय धर्म र दायित्व भएको अध्यक्ष दाहालले वताए ।
सो विद्यालयमा ३० जना वटुक सहित शिक्षकहरु आवासीय रुपमा वस्ने गर्दछन् । भगवती अंग्रेजी स्कुलले वटुकहरुका लागी चामल,दाल,तेल,चिउरा सहित दैनिक भान्छामा प्रयोग हुने खाद्य पदार्थ वितरण गरेको छ ।
कुशेश्वरको धार्मीक विद्यालयलाई चामल,दाल,चिउरा,तेल लगायत दैनिक भान्छामा प्रयोग हुने अतिआवश्यक खाद्यान्य सहयोग गरेकोमा सुनकोशी गाँउपालीका उपाध्यक्ष कपिल कोईरालाले भगवती स्कुललाई धन्यवाद व्यक्त गर्नु भयो । विपतमा परेकालाई भगवती स्कुलले जस्तै अन्य सामाजीक संस्थावाट पनि सहयोग हुने गाँउपालीका उपाध्यक्ष कोइरालाले आशा व्यक्त गर्नुभयो ।
गुरुकुल धार्मीक विद्यालयका शिक्षक नारायण घिमिरेले भगवती स्कुलको उदेश्यले सुनेर मलाई खुसी लाग्यो । शिक्षाको साथसाथै सहयोगी भावना राखेर संचालन भएको भगवती विद्यालय रहेछ । हाम्रो पनि विद्यालयनै हो । भगवती जस्तै मनकारी संस्थाहरु,व्यक्तीको सहयोग वाट यो धार्मीक विद्यालय चलेको शिक्षक घिमिरेले वताए । घिमिरेले सहयोग प्रदान गर्ने भगवती स्कुुललाई धन्यवाद दिएका छन ।