सिन्धुली,कमलामाई नगरपालीका वडा नम्वर ६ मा रहेको कृषि वजार व्यवस्थापन समितीले कृषकलाई आफ्नो कृषि उद्पाटन ल्याएर वेच्न निशुल्क कृषक चौतारी सटरको व्यवस्था मिलाएको छ । कृषक चौतारी सटरमा विचौलीयाले ल्याएर कृषि उत्पादन विक्री वितरण गर्न पाउने छैन कृषि वजार व्यवस्थापन समितीका व्यवस्थापक नवराज खड्काले वताए ।
कृषि वजार व्यवस्थापन समितीले कृषकलाई दुई वटा सटर सामान राख्न निशुल्क व्यवस्था मिलाएको छ । ति दुई सटरमा कृषकहरुले उत्पादन गरेका कृषि जन्य उत्पादनहरु कृषक आफैले ल्याएर वेच्चु पर्ने व्यवस्थापक खड्काले वताए । तरकारी उत्पादन भएको समयमा कृषकले कृषक चौतारी सटरमा ल्याएर आफ्नो उत्पादन विक्री गर्ने गरेको खड्काको भनाई छ ।