केजरीवाल तिहाड जेलमा फर्किए

काठमाडौं,भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् । भारतको सर्वोच्च अदालतले १० मेमा केजरीवाललाई लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो ।

२१ दिनका लागि बाहिर रहेका केजरीवाल आइतबार तिहाड जेल फर्किएको एनडीटीभीले उल्लेख गरेको छ । उनले भनेका छन्, ‘मलाई २१ दिनको लागि सर्वोच्च अदालतले बाहिर रहन अनुमति दिएको थियो । यो समय अविष्मरणीय रह्यो । मैले देशका लागि अभियान चलाएँ । पहिला देश अगाडि आउँछ, अनिमात्रै आम आदमी पार्टी ।’

पुनः जेल जानुअघि केजरीवालले केही समाचार संस्थाले प्रकाशन गर्दै आएको चुनावी प्रक्षेपण गलत भएको प्रतिक्रिया दिएका छन् । जेल जानुअघि उनी महात्मा गान्धीको समाधिस्थल र हनुमान मन्दिर पुगेका थिए । अनलाईन खवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *