कोईरालामाथि खुकुरी प्रहार गर्न अपराधीलाई कारवाही गर्न माग

सिन्धुली,नेकपा(माओवादी केन्द्र)जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य उपेन्द्र कोईरालाको जीउज्यानको सुरक्षाको माग गरिएको छ । माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जन र ईन्जार्ज बुद्धिमान माझी ९बसन्त ० ले संयुक्तरूपमा प्रेस विज्ञप्ति निकालेर कोईरालाको जिउज्यानको सुरक्षाको माग गरिएको हो ।

गएको फागुन ८ गते बिहिवार दिउँसो सवा तीन बजे सुनकोशी गाउँपालिका १ र२ को सिमानामा पर्ने भेडेखोला खोल्सामा सोही गाउँपालिका २ का हिरा बहादुर हायुको निर्देशन र नेतृत्वमा कान्छा हायुले कोईराला माथि अपहरण शैलीमा देव्रे कुमको पाखुरामा खुकुरी गरि सांघातिक आक्रमण गरि घाईते बनाएका थिए ।

उनीहरूले १५ लाख रूपैयाँ मागी बार्गेनिङ गरि आक्रमण गरि घाईते बनाएका र ८ लाख नदिए ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । पार्टीले विज्ञप्ति मार्फत घटना प्रति खेद व्यक्त गर्दै अपराधीक गतिविधि गर्ने समुहलाई नियन्त्रणमा लिई कानुनी कार्वाही गर्न प्रहरी प्रशासनसँग जोडदार माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *