सिन्धुली,सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यामनचुलीवाट प्रहरीले गाँजा वरामद गरेको छ । प्रतिवन्धीत गाँजासँगै पक्राउ परेका व्यक्ती भने हत्कडी सहित भागेका छन् । प्रहरी र मोटरसाइकल चालकबिच कुटाकुट भएको रप्रहरीलाई छल्दै हत्कडी लगाइएको व्यक्ति भिरवाट हाम फालेँ र जंगलमा भाागेको प्रहरीले जनाएको छ ।
ना ४४ प ६०२९ नम्बरको पल्सर मोटरसाईकलमा एकजनाले प्रतिबन्धित जडिबुटि गाँजा बोकेर आइरहेको सुराकीको आधारमा मोटरसाइकल चेक गर्ने क्रममा गाजा फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका व्यक्तिवाट प्याकिग गरेको २० किलो गाँजा भेटीएको प्र्रहरीको भनाई छ । क्यानेश्वरको क्यामनचुलीबाट मोटरसाईकलमा सर्लाही जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा चामलको बोरामा गाँजा भेटीएको थियो ।
। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले हत्कडी सहित गाँजा बोक्ने व्यक्ति फरार रहेको बताए । फरार व्यक्तिलाई पछ्याउनेक्रममा तीन सय मिटर दक्षिणमा रहेको जंगलमा प्रहरीले हत्कडी तोडेर फालेको अवस्थामा फेला पारेको छ । फरार ब्यक्तीको खोजताला तथा थप अनुसन्धान भईरहेको डिएसपि दाहालले बताउनुभयो ।