सिन्धुली,गए रातीदेखी लगातार परेको वर्षादको कारण खाङ्गसाङ्ग खोलावढेसँगै मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । निरन्तर पानी परेको कारण खाङ्गसाङ्ग खोलावढेको छ । त्यहाँ ट्रक फसे पछी मध्य पहाडी लोकमार्गमा दुई तर्फको सडक अवरुद्ध भएको छ । खोलामा गाडी फसेको कारण सयौ यात्रु अलपत्र परका छन् । सडक सन्चालन गर्न स्थानिय तर प्रहरी चौकी खाङ्गसाङ्गको सकृयता जारी रहेको शिक्षक गणेश पहाडीले जानकारी दिएका छन् ।