खाडाँदेवी गाउँपालीकाको मानेडाँडामा प्याराग्लाईड संचालन अनुमती

सिन्धुली,सरकारले नेपालमा थप ४ स्थानमा ‘प्याराग्लाइडिङ जोन’ तोकेको छ । मानेडाँडा खाँडादेवी गाउँपालिकाको वडा नम्बर ९ पर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थप ४ स्थानमा प्याराग्लाइडिङ जोन तोकेको हो।

क्यानका अनुसार रामेछापको मानेडाँडा, दाङको राप्ती, मकवानपुरको चित्लाङ र स्याङ्जाको आँधीखोलामा प्याराग्लाइडिङ जोन तोकिएको हो ।

यसमध्ये चित्लाङमा चन्द्रागिरिबाट प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु भइसकेको छ । पोखराबाट सुरु भएको प्याराग्लाइडिङ खेल अहिले देशका विभिन्न स्थानमा विस्तार हुने क्रम बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *