खाल्टेमा अटो दुर्घटना पाँच जना गम्भीर घाईते
सिन्धुलीको सुनकोशी गाँउपालीका वडा नम्वर ६ खाल्टे वास खोल्सामा ज १ ह १११२ नम्वरको अटो दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना गम्भीर घाईतेको भएका छन । अटो खाल्टेवाट गोलन्जोर गाँउपालीकाको खुर्काेट जानेक्रममा दुर्घटना भएको स्थानिय गोपाल श्रेष्ठले जानकारी दिए । अटोमा चालक सहित पाँच जना सवार थिए ।

अटोमा भएका सवैको टाँउकोमा गम्भीर किसीमको चोट लागेकोले उपचारको लागी धुलीखेल अस्पताल पठाएको श्रेष्ले वताए । अटो चालक सुनकोशी ६ खाल्टेका गोपाल तोलाङगे र सोही स्थानका पन्चे सार्कीको पहिचान भएको छ । घाईते तिन जना गोलन्जोर गाँउपालीका वडा नम्वर ६ वलेनिका हुन । उनीहरुको नाम खुलेको छैन तिनै जना महिला छन गोपाल श्रेष्ठले भने ।
