खुर्कोटमा बेवारिसे लाश भेटीयो

सिन्धुली,गोलन्जोर गाँउपालीका ७ तल्लो बजार स्थित सुनकोशी नदीमा नामथर वतन नखुलेको अन्दाजी ४५ वर्ष जस्तो देखिने पुरुषको लाश भेटीएको छ । सुनकोशी नदीले लास वगाउदै ल्याएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलको टोली र बिपद ब्यवस्थापन बेश खुर्कोट शसस्त्र प्रहरीको गोताखोर टोली सुनकोशी नदीवाट लासलाई पानी बाहिर निकालेको प्रहरीले जनाएको छ ।

मृतकको दाहिने हातको नाडीमा ट्याटु रहेको र दाहिने कानमा दुई वटा चाँदी जस्तो देखिने मुद्रा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *