सिन्धुली,गोलन्जोर गाँउपालीका वडा नम्वर ७ खुर्कोटमा शसस्त्र प्रहरी वल नेपालले स्थापना गरेको विपद व्यवस्थापन वेश क्याम्पको सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) र वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दाहालले वेश क्याम्पको उद्घाटन गर्दै विपद न्युनिकरण गर्ने उदेश्यले स्थापना भएको शसस्त्र प्रहरी वलको वेस क्याम्पलाई स्थानिय सरकारले आवश्यक सहयोग गर्नु पर्ने वताउनुभयो । विपी राजमार्ग,मध्य पहाडी लोकमार्गमा हुने दुर्घटना,सुनकोशी,तामाकोशी नदीले ल्याउन सक्ने सम्भावित विपदसँग जुदन शसस्त्र प्रहरी वल जनताको साथी वन्ने सक्ने दाहालले वताउनुभयो ।
कार्यक्रममा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले वामगती प्रदेश सरकार विपद व्यवस्थापनको लागी शसस्त्र प्रहरी वल सँग सहकार्य गरी आवश्यक सहयोग गर्न प्रतिवद्ध भएको वताउनुभयो । सो कार्यक्रममा सिन्धुली जिल्लावाट वागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरु मात्रीका भट्टराई,सुस्पा भुजेल,सुकुमाया तामाग,रामकुमार पहाडी,जिल्ला समन्वय समितीका प्रमुख,उपप्रमुख,सुनकोशी,गोलन्जोरका गाँउपालीका अध्यक्षहरु,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुख तथा शसस्त्र प्रहरी वलका उच्च तहका अधिकारीहरुको उपस्थिती रहेको थियो ।