खुर्कोटमा वेलिव्रिज पुल संचालन उद्घाटनमा लफडा

सिन्धुली,सिन्धुली–रामेछाप जोड्ने खुर्कोटको वेलीव्रिज नेपाली सेनाले वनाएर यातायात संचालन भएको छ । सेनाले वनाएको वेलीव्रिज उद्घाटन गर्ने विषयमा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता विच झडप हुने भएको छ ।

रामेछाप जिल्लावाट निर्वाचित नेपाली कांग्रेसका उर्जा तथा सिचाई राज्यमन्त्री पुर्णवहादुर तामाङ (कान्छाराम) वेलीव्रिज आफै उद्घाटन गर्ने तयारी गर्दै छन् । तर एमाले रामेछाप त्यसलाई रोकेर भौतिक तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाललाई पुल उद्घाटन गराउने पक्षमा छ । एमाले देवेन्द्र दाहाललाई सके आझै नभ्याए भोली ल्याएर उद्घाटन गराउने तयारीमा छ । उर्जा तथा सिंचाई मन्त्री तामाङले भोली पुल उद्घाटन गर्ने तयारी गरेका छन । मन्त्री तामाङ सुरु देखीनै पुल निर्माणमा लागी परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *