सिन्धुली,सिन्धुलीको गोलन्जोर गाँउपालीका ७ खुर्कोटवाट लागु पदार्थ सेवन गरी गाडी चलाउने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा.प्र–०१–००६ ख ५०२८ नम्बर बसको चालक जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नम्वर ११ बस्ने मिन बहादुर थापा मगरको छोरा वर्ष २६ को ओम बहादुर थापा मगर,खाल्टेबाट मन्थलीतर्फ आउँदै गरेको बा ५ ख ३६१९ नम्बरको टिपरको चालक जिल्ला सिन्धुली,सुनकोशी वडा नम्जर २ बस्ने किरण माझिको छोरा वर्ष २४को शिवास माझी रहेका छन् ।
काठमाण्डौबाट सिराहातर्फ आउँदै गरेको बा.प्र–०२–०२६ प ०६०२ जिल्ला सिराहा,सिराहा नगरपालिका वडा नम्वर ११ बस्ने प्रकाश कमातीको छोरा वर्ष २१ को मनिष कमाती,४० दोलखाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र–०१–००६ ख ३६८३ नम्बरको बसको चालक जिल्ला दोलखा,भिमेश्वर नगरपालिका वडा नम्वर ७ बस्ने तेज बहादुर तामाङको छोरा वर्ष ३० को सरोज तामाङ, सिराहाबाट बनेपातर्फ जाँदै गरेको बा.प्र–०१–०२६ च ८७२८ पिकअप चालक जिल्ला सिराहा,गोलबजार नगरपालिका वडा नम्वर १ बस्ने विर बहादुर थापाको छोरा वर्ष २५ को सानु मगर,चैनपुरबाट खुर्कोटतर्फ जाँदै गरेको बा.प्र–०३–०२४ च ५२३७ जिल्ला सिन्धुली,सुनकोशी गाउँपालिका वडा नम्व्र ६ चैनपुर बस्ने झम्क बहादुर कार्कीको छोरा वर्ष २२ को प्रमुन कार्की रहेका छन् ।
यस्तै काठमाण्डौबाट मोरङतर्फ आउँदै गरेको बा ५ ख ६२०७ नम्बरको हायसको चालक जिल्ला सिन्धुली,कमलामाई नपा ७ बस्ने ललित बहादुर थापाको छोरा वर्ष २३ को लेख बहादुरथापा,काठमाण्डौबाट फिक्कलतर्फ आउँदै गरेको बा.प्र–०७–००१ ज ००२६ सुमो चालक जिल्ला सिन्धुली,फिक्कल गाउँपालिका वडा नं।१ बस्ने गोपाल सुनुवारको छोरा वर्ष २२ को टेक बहादुर सुनुवार,कटारीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा।प्र।०६,००१ ज ००४६ नम्बर ईभि गाडीको चालक जिल्ला उदयपुर,कटारी नगरपालिका वडा नं ४ बस्ने होम बहादुर थापाको छोरा वर्ष २२ को सुजन थापा,भिमानबाट बेनपातर्फ जादैँ गरेको ब.प्र–०३०१ च १४७० नम्बर पिकअप गाडी चालक जिल्ला मकवानपुर,हेटौडा उप(म।न।पा।९ बस्ने हरेराम घर्ति मगरको छोरा वर्ष ३१ को दिनेश घर्ति मगर,छन ।
बर्दिबासबाट काठमाण्डौतर्फ जादै गरेको म।प्र।०२,००१ ज ०११६ नम्बरको ई।भि।गाडी चालक जिल्ला सिन्धुली, दुधौली नगरपालिका वडा नं।४ बस्ने राम बहादुर थापाको छोरा वर्ष २५ को छत्र बहादुर थापा,काठमाण्डौबाट कञ्चनपुरतर्फ जाँदै गरेको बा।प्र।०१,०२७ च ४४१८ पिकअप गाडीको चालक जिल्ला सिन्धुली ,दुधौली नगरपालिका वडा नं ४ बस्ने रुद्र बहादुर बस्नेतको छोरा वर्ष २० को दिपेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक वावुराम कार्कीले जानकारी दिए ।