खुर्कोट चियावारी सुरुङ मार्ग निर्माण गर्न दाहालले ७३ सांसदको हस्ताक्षर वुझाए

काठमाडौं,सिन्धुली जिल्लाका प्रतिनिधि सभा सदस्य तथा नेकपा माओबादी केन्द्रका नेता लेखनाथ दाहाल(राजन)ले बिपी राजमार्गको ८.४ किमीको खुर्कोट चियावारी सुरुङ मार्ग निर्माण को माग गर्दै ७३ सांसदहरुको हस्ताक्षर भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई वुझाएका छन।

दैनिक हजारौँ यातायातका साधनहरू आवत जावत गर्ने बिपी राजमार्गको चियावारी खुर्कोट ३९ किमी सडक खण्ड घुमाउरो र साँगुरो भएको कारण दैनिक दुर्घटना र अकल्पनीय जनधनको क्षति व्यहोर्नु परिरहेको छ।

८.४ किमीको सुरूङ मार्ग निर्माण गर्ने हो भने वस्तुगत सच्चाइलाई आत्मसात र मेरो निरन्तर पहलमा तत्कालीन कामरेड प्रचण्ड नेतृत्व सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार गर्नको लागि बजेट बिनियोजन गरे पनि वर्तमान सरकारले कार्यान्वयनमा नल्याएर वेमानि गरेको सांसद दाहालले भौतिक पुर्वाधार तथा यातायात मन्त्री समक्ष आक्रोश व्यक्त गरे।

सामूहिक हस्ताक्षर सहितको मागले अर्थमन्त्रीले पनि योजना छनोट, बजेट विनियोजन र कार्यान्वयनमा सहयोग पुग्ने प्रतिक्रियाले यो आयोजना कार्यान्वयनमा जाने विस्वास रहेको सांसद दाहालले गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *