सिन्धुली,इलाका प्रहरी कार्यालय खुर्कोटले गोलन्जोर गाँउपालीका वडा नम्वर ७ खुर्कोट चेकपोष्टमा सिन्धुलीबाट रामेछाप तर्फ जादै गरेको ना ७ ख ७३५७ नम्बरको ट्रकले विल बिजक नभएको खाद्यय सामाग्रीहरु ठुलो मात्रमा वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वरामद गरिएका खाद्य पदार्थ र गाडीलाई कानुनी प्रकृया पुरा गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुर पठाईएको जानकारी दिएको छ ।
ना ७ ख ७३५७ नम्बरको ६ चक्के ट्रक अन्दा मुल्य रु २०,००,०००हजार,महालक्ष्मी उद्योग लेखिएको चिनी (प्रति बोरा ५० केजी लेखिएको ३८ बोरा प्रति केजी रु ७० को दरले कुल मुल्यरु १,लाख ३३,००० हजार,राजहंस लेखिएको चिनी (प्रति बोरा ५० केजीलेखिएको २१ बोरा प्रति केजी रु ७० को दरले कुल मुल्य ७३,००० वजार मुल्य पर्ने रहेको प्रहरीले वरामद गरेको जनाएको छ ।
यसै गरी सिधे नुन ५० केजी १ बोरा प्रति केजी रु ७० को दरले कुल रु ३ हजार ५०० सय,बिबेक (भुजा मुराई) प्रति बोरा ७ केजी पहेलो रङको १०० बोरा प्रति केजी रु ७० को दरले कुल रु ४९,००० हजार,विबेक भुजा (मुराई) प्रति बोरा ९ केजी पहेलो रङको १३४ बोरा प्रति केजी रु ७० को दरले कुल ८४ हजार ४ सय २० रुपैयाँ,बिबेक भुजा मिल प्रति बोरा ७ केजी सेतो रङको ११९ बोरा प्रति केजी रु ८० को दरले कुल रु ६६ हजार ६ सय ४० रुपैयाँ सहित जम्मा २४ लाख नौ हजार पाँच सय साठ्ठी रुपैयाको सामान वरमद भएको प्रहरीले जानकारी दिएको छ ।