सिन्धुली,सिन्धुलीको कमलामाई नगरपालिकामा शुक्रवार लडेर १ जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नम्बर ४ पोखरेल गाँउ बस्ने फौद बहादुर सार्की मृत्यु भएको हो ।
सोहीठाउको देउराली धारा भञ्ज्याङ स्थित खेतमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई घटनास्थलमा पुगी हेर्दा खेतको बाटो हिंडने क्रममा चिप्लीएर ढुंगामा ठोकिदा उनको मृत्यु भएको देखिन्छ । मृतकको टाउकोमा चोट रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अहिले लाशलाई पोष्ट मार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।