सिन्धुलीको सुनकोशी गाँउपालिकाको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा वडा नम्वर १ र २ ले संयुक्त रुपमा १६ ओैं गणतन्त्र दिवसको अवसर पारेर कुशेश्वर धाममा रक्तदान कार्यक्रमको आयोजना गर्यो । रक्तदान कार्यक्रम र गणतन्त्र दिवस मनाउने सन्दर्भमा कुशेश्वर धामको खुल्ला आकाश मुनी पहिलो पटक सुनकोशी गाँउ कार्यपालीको पुर्ण वैठक बस्यो ।
जानकी रक्त संचार केन्द्र धनुषाको प्राविधिक सहयोगमा कुशेश्वर दुम्जामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको नेपाल रेडक्रश सोसाईटी सिन्धुली जिल्ला कार्यसमितीका उपसभापती महेश्वर कोईरालाले जनकारी दिनुभयो । कुशेश्वरमा पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानियको उल्लेख्य सहभागीता रहेको थियो ।
रक्तदान पछि आयोजना गरीको कार्यक्रममा प्रमुख अतिथि सुनकोशी गाँउपालीका अध्यक्ष दिपा वोहोरा दाहाल, अतिथिहरु उपाध्यक्ष कपिल कोइराला,नेकपा माओवादी केन्द्र सुनकोशी गाँउकमिटी अध्यक्ष दुतराज पुलामी,नेपाली काँग्रेसका स्थानिय नेता विकाश भण्डारी,नेपाल रेडक्रश सोसाईटी सिन्धुली जिल्ला शाखाका उपसभापती महेश्वर कोईराला,सुनकोशी गाँउपालीका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्ष रुपक श्रेष्ठ तथा संचालन सरद कोइरालाले गर्नु भएको थियो ।