गर्मी वढेसँग कमलामाई नगरपालीकाले गर्यो विद्यालय वन्द

कान्ता गिरी

सिन्धुली,गर्मी बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेल मंगलबार सूचना जारी गर्दै नगरका मन्टेश्वरी, पूर्वप्राथमिकसमेत सामुदायिक र संस्थागत विद्यालयहरू आगामी शुक्रबारसम्मका बन्द गरिने बताए।

हाल दिइएको गर्मी बिदा आगामी बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न सबै विद्यालयहरूमा जानकारी गराइएको छ। कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरू छन्।

जिल्लामा गर्मी हुँदा दूधौली, मरिण, हरिहरपुरगढी र सुनकोशीगढतिर क्षेत्रका विद्यालयहरूमा समेत पठनपाठनमा समस्या हुने गरेको छ। जिल्लामा ३७ देखि ३८ डिग्रीसम्म तापक्रम हुने गरेको छ। गर्मीका कारण मरिण गाउँपालिकाका कतिपय विद्यालयका बालबालिकाहरू बेहोस भएर ढल्ने समेत गरेको अभिभावकले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *