गोरखवहादुरले हिनामिना गरेको रकम उठाई दिन गाँउपालीकामा उजुरी

सिन्धुलीको सुनकोशी गाँउपालीका वडा नम्वर ६ को तिनखोप्रे,आरुवोटे लामपाते तिनखोप्रेटार सिंचाई योजना सम्झौता धरौटी प्रति किसान १ हजारको दरले १ सय ११ किसानवाट उठाएको १ लाख ११ हजार रुपैयाँ उपभोक्ता समितीका अध्यक्षले अहिले फिर्ता नदिएको भन्दै किसानहरुले आईवार सुनकोशी गाँउपालीकामा उजुरी दर्ता गराएका छन् । २०६७ सालमा एशियाली विकाश वैंकले १ करोड ६० लाख रुपैया उपलव्ध गराएको थियो ।

योजना संम्झौताको लागी धरौटी राख्न उठाएको सो रकम उपभोक्ता समितीका अध्यक्ष गोरकवहादुर खड्काले किसानलाई हाल सम्म फिर्ता नदिएको उजुरी पत्रमा किसानहरुले उल्लेख गरेका छन । सिचाई योजना सम्झौता भएको २ वर्षमा निर्माण सम्पन्न भएको थियो ।

हामीहरुले धरौटीवापतको रकम समितिका अध्यक्ष खड्कासँग वुझ्दा केही रकम वैंकमा छ केही पैसा साथमै भएको जवाफ दिने गरेका छन् । किसानहरुले गाँउपालीकालाई दिएको उजुरीमा उल्लेख गरेका छन् । धरौटीको साँवा व्याज कति भयो वैठक वसौ पटक पटक भन्दा उनी यो महिना त्यो महिना भन्दै वैठक वस्ने समय टारी रहने गरेको गुनासो निवेदनमा किसानहरुले गरेका छन ।

योजना सम्पन्न भएको १३ वर्ष सम्म पनि धरौटी वापमतको रकम किसानहरुलाई खड्काले नदिएकाले गाँउपालीकामा निवेदन पेश दिएका छन् । सुनकोशी गाँउपालीका वडा नम्वर ४ का वडा सचिव समेत रहेका खड्कालाई कानुन अनुसार कारवाही गरी उनको तलववाट कट्टा गरि किसानलाई सो करम उपलव्ध गराई दिन सुनकोशी गाँउपालीका प्रमुख प्रशासकिय अधिकृतलाई सम्वोधन गरी निवेदन पेश गरेका छन् ।

खड्का विरुद्ध निवेदन दिने किसानहरुमा हरिप्रसाद रिमाल,रामेश्वर दाहाल,लालवहादुर रम्तेल,टंकवहादुर आछामी,फत्तवहादुर थापा,रिपुमर्दन श्रेष्ठ,तेजवहादुर सारु,नवराज दर्लामी,रामकृष्ण श्रेष्ठ र नेत्रप्रसाद दाहाल सहित दश जना किसानले आईतवार सुनकोशी गाँउपालीका कारवाहिको माग गर्दै निवेदन दिएका हुन ।

सुनकोशी गाँउपालीका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले गोरखवहादुर विरुद्ध किसानहरुले उजुरी दिएको वताए । किसानले दिएको उजुरीको आधारमा छानविन अघि वढ्छ । छानविनले दोषी देखीए खड्कामाथि कारवाहि हुन्छ प्रमुख प्रशासकिय अधिकृत दर्जीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *