गोलन्जोरका वडा अध्यक्षलाई पक्राउ पुर्जी

सिन्धुली,सिन्धुलीको एक वडाध्यक्ष विरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पक्राउ पुर्जि जारी गरेको छ । जिल्लाको गोलन्जोर गाउँपालिका २ का वडाध्यक्ष दौलत कार्की विरुद्ध शुत्रबार पक्राउ पुर्जि जारी भएको हो । वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बिहिबार प्रमुख प्रशासकिय अधिकृत शंभु प्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गर्नुभएको थियो ।

प्रहरीले उक्त मुद्धा जिल्ला प्रशासनमा दर्ता गरेपछि जिल्ला प्रशासनले शुक्रबार पक्राउ पुर्जि जारी गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । पक्राउ पुर्जी जारी भएसँगै अनुसन्धानकालागि कानुनि प्रक्रिया शुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक (एसपि) राजकुमार सिलवालले जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात भएको पुष्टि भएमा वडाध्यक्षलाई पक्राउ गरि आवश्यक कार्वाही अघि बढ्ने प्रहरी प्रमुख सिलवालले बताउनुभयो ।

अध्यक्ष कार्कीले पक्राउ पुर्जि जारी भएको खबर प्राप्त भएको र अनुसन्धानकालागि आफूले सघाउने जानकारी दिएका छन । मुलुकी अपराध संहिताको दफा ११८ ९१० अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । यदि कसैले यो बुँदाविपरीत व्यवहार गरेको छ भने १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *