सिन्धुली,सिन्धुलीको गोलन्जोर गाँउपालीकालाई अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ब्याक टु लाइफ इभि जर्मनीको आर्थिक सहयोगमा समुदाय पद्धति विकास सेवा (सिएसडिएस) ले गोलन्जोरका १५ वटा विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन हस्तान्तरण गरेको छ । समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीको समन्वयमा गोलन्जोर गाउँपालिकालाई एक कार्यक्रम वीच आईतवार सेनेटरी प्याड नष्ट गर्ने मेसीन हस्तान्तरण गरेको छ ।
ब्याक टु लाईफ इभि जर्मनीलाई गोलन्जोर गाँउपालीका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानले धन्यवाद दिएका छन् प्याड नष्ट गर्ने यो मेसिन ९ वटा सामुदायिक मध्यामिक र ६ वटा आधारभुत बिद्यालयलाई वितरण गर्ने उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।