सिन्धुली,सिन्धुलीमा अटो दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ। मध्यपहाडी लोक मार्गको खुर्कोट – घुर्मी खण्डको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टार नजिकै कोप्रे भन्ने स्थानमा अटो दुर्घटना हुँदा कमलमाई नगरपालीका १३ मन्दिरा पौडेलको मृत्यु भएको जानकारी शसस्त्र प्रहरी वेस क्याम्प सिन्धुलीका प्रमुख वलराम प्रसाईले जानकारी दिएका छन् ।
खुर्कोटबाट सुलिभन्ज्याङ तर्फ जाँदै गरेको प्रदेश २,००१,ह ३७१ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा सडक बाट करिब ५० मिटर तल बन्दिजोर खोलामा खस्दा पौडेलको मृत्यु भएको हो ।
रानीबासबाट वितिजोर माइती हिँडेकी पौडेल माइती नपुग्दै बीच बाटोमा नै रिक्सा दुर्घटनामा मृत्यु भयो। उनको श्रीमान डण्डपाणी पौडेलको गत वर्ष हात्तीको आक्रमण बाट मृत्यु भएको थियो।
साथै अटोमा सवार गोलन्जोर २ का ६० वर्षीय शेरबहादुर सार्की, सोही स्थानका ५१ वर्षीय लोक बहादुर कार्की, गोलञ्जोरका ६ की ४० वर्षीय राममाया तामाङ, गोलन्जोरका ४ का सन्तोष तामाङ , गोलान्जोर ६ का २१ वर्षीय एकमाया दमाई, र मृतक पौडेलका ११ वर्षीय छोरा तीर्थराज पौडेल र ९ वर्षकी सविना पौडेल घाइते रहेको छ।
घाइतेहरूको उद्धार गरेर सुनकोशी सामुदायीक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। चालक हेम बहादुर ठकुरी पनि घाइते रहेका छन्।