गोलन्जोर दुर्घटना,तिन जना वेपत्ता खोज्दै शसस्त्रको गोताखोर

सिन्धुली,गोलञ्जोर गाउँपालिका १ मा एउटा जिप सुनकोशी नदीमा खसेको छ । काठमाडौंतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ । शसस्त्र प्रहरी वल वेस क्याम्प सिन्धुुलीका प्रमुख वलराम प्रसाईका अनुसार उक्त जिपमा ४ जना सवार रहेको र एक जना हामफालेर बाहिर निस्केको जानकारी दिएका छन । गोताखोर मार्फत वेपत्ताहरुको खोजीकार्य भैरहेको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।

हामफालेर बाहिर निस्केका व्यक्तिको खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ३ जनाको अवस्था अहिलेसम्म थाहा नभएको इलाका ाप्रहरी कार्यालयका प्रहरी निरिक्षक एल्जिना राईले जानकारी दिएकी छिन ।
शसस्त्र प्रहरी वल वेस क्याम्प सिन्धुुलीका प्रमुख प्रसाईले दिएको जनाकारी अनुसार नदीमा हाइलक्स गाडी र तीन जना बेपत्ता छन्। बेपत्ता हुनेमा भक्तपुरका अविन बाक्य, बलराम घटुवा र पुनित जैरु रहेका छन।
विपत व्यवस्थापन वेश शसस्त्र प्रहरी वल खुर्कोटका शसस्त्र प्रहरी निरिक्षक दिनेश देउजाको टोलीले गोताखोर प्रयोग गरी वेपत्ता व्यक्तीहरुको खोजतलास गरि रहेको छ ।

गाडीमा सवार सुसान्त कक्षपती भने पानीबाट पौडिएर निस्कन सफल भएका छन्। उनी घाइते छन्। घाइते कक्षपतीलाई उपचारका लागि खुर्कोटस्थित स्वास्थ्य संस्थामा पठाइएको छ। बेपत्ता गाडीको नम्बर खुल्न सकेको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बेपत्ता गाडी र यात्रुको खोजी तथा उद्धारमा खटिएका छन्। घटना स्थलमा सशस्त्र प्रहरीको खुर्कोटस्थित गोताखोर टोलीले नदीभित्र गाडी र यात्रुको खोजी थालेको गोलन्जोर गाउँपालिका १ का वडाध्यक्ष सोम प्रसाद बरालले जानकारी दिए।

गाडी सडकबाट करिब ६० मिटर तल सुनकोसी नदीमा खसेको छ। नदीमा घुमाउने दह भएको र बाढी आएका कारण उद्धारमा कठिनाइ भएको वडा अध्यक्ष बरालले जनकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *