सिन्धुली,नेकपा माओवादी केन्द्र गोलन्जोर गाँउ कमिटीको दोश्रो अधिवेशन पुस २७ गते शनिवार हुँदैछ । दोश्रो अधिवेशनले गोलन्जोर नेकपा माओवादी भित्र सर्वसम्मत अध्यक्ष उम्मेदवार दिने सम्भावना कम देखीएको छ ।
वर्तमान अध्यक्ष रोषन श्रेष्ठ र सचिव अम्मरदीप थापा दुवै अध्यक्षका आकांक्षी देखीएका छन । अम्वरदीप अध्यक्षमा आफ्नो शसक्त दावी रहने वताउँछन । अध्यक्ष रोषन श्रेष्ठले पुनःअध्यक्ष हुन चाहेको वताए । सचिव देवकुमार श्रेष्ठ सर्वसम्मत हुने देखिन्छन । दुवै अध्यक्ष उम्मेदवारले आफ्नो सचिव देवकुमार भएको वताएका छन् ।