सिन्धुलीको घ्याङलेख गाउँपालिका ४ गोपे स्थित पिङभञ्ज्याङ्गमा बोलेरो दुर्घटना भएको छ। घ्याङलेख गाउँपालिका ४ गोपे देखि मधुवन हुँदै सिन्धुली सदरमुकाम जाने प्रदेश ३,०१,०२३ च १७४५ नम्बरको बोलेरो अचानक पछाडि सर्दा अनियन्त्रित भइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय बस्तिपुरले जनाएको छ।

बोलेरो सडक देखि ३०० मिटर तल खसेको छ। दुर्घटनामा मरिण गाउँपालिका १ निवासी वर्ष २८ को सह चालक प्रविन भोलन गम्भीर घाइते भएका छन्। घाइतेको हात, खुट्टा र करङमा चोट लागेको छ। घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ। स्थानीयका अनुसार बोलेरोमा यात्रु अन्य मनिसहरु थिएनन। चालक सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
