चार महिना पछि क्वालिटी बीच रिसोर्ट पुनःसंचालन

सुनकोशी,सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटमा रहेको क्वालिटी बीच रिसोर्ट चार महिना पछि सञ्चालनमा आएको छ ।​​ बाढीपछि रिसोर्ट भित्र पसेको वालुवा निकाल्न १० करोड खर्च भएको रिसोर्टका संचालकले वताएका छन । असोज ११ मा आएको बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको रिसोर्टका म्यानेजर राजेश श्रेष्ठले वताए ।

२५ रोपनी क्षेत्रफलमा बनेको उक्त रिसोर्ट २०७८ चैत २ गतेबाट सञ्चालन आएको थियो। १०२ वटा कोठा रहेको क्वालिटीमा १ हजार जनाभन्दा बढी क्षमताको व्याङक्वेट र सेमिनार हल, साउना र रेनिङ डान्सको पनि सुविधा रहेको थियो ।

रामेछाप, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायतका जिल्ला घुमेर फर्किने पर्यटकले रिसोर्टलाई बास बस्ने उत्तम गन्तव्य बनाउने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *