सिन्धुली,नेपाल र चिन सरकार बिच भएको सम्झौता अनुसार भैसिको मासु चिन निर्यात गर्ने उदेश्यले चाईनिज कम्पनिले मरिण गाउँपालिका वडा नम्वर ४ को सहानमा मासु कटिङ गर्ने सटर वनाउने प्रकृया सुरु गरेको छ ।
मरिण गाँउपालीका वडा नम्वर ४ सहानमा चिन सरकारले करिव ३५ विगाहा क्षेत्रफलमा मासु कटिङ गर्ने सटर वनाउने तयारी सुरु गरेको छ । सो स्थानमा मासु कटिङ गर्ने मुख्य मेसीन राखीने चाईनिज कम्पनी हिमालयन फुड इन्टरनेशलका कार्यकारी निर्देशक गंगाराम गौतमले वताए ।
चाईनिज कम्पनी हिमालयन फुडका इन्जिनियर,मरिण गाँउपालीका अध्यक्ष विर्मश मोक्तान(प्रख्यात) को टोलीले सटर वनाउने स्थानको स्वाईल टेष्टको निरिक्षण गरेको छ । स्वाईल टेष्टको रिपोर्ट आएको १५ दिन पछि मासु मेसीङ गर्ने सटर निर्माणको काम सुरु हुने गौतमले वताए । मरिणमा कटिङ भएको राँगाको मासु कन्टेनर मार्फत चिन सप्लाई गरिने गौतमको भनाई छ ।
नेपालकै किसानले पालेको जोन क्षेत्रवाट ल्याएका राँगा,भैसी ल्याएर मरिणको सहानमा मासु कटिङ गरिने । सहानमा राख्ने मेसिनको द्रैनिक ५ हजार राँगा कटिङ गर्न सक्ने क्षमताको हुने छ । मरिणको सहानमा कटिङ गरेको मासु कन्टेनर मार्फत सिधै चाईना पठाईने हिमालयन फुडका कार्यकारी निर्देशक गौतमले भने । चाईनीज कम्पनीले ईलाम,सिन्धुलीकै हरिहरपुरगढी,मकवानपुरको वागमती र वकैयाँ गाँउपालीकालाई राँगा जोनको रुपमा विकास गर्ने पकृया अगाडी वढाएको उनले वताए ।
गौतमका अनुसार जोन भन्दा वाहेकका कृषकले पालेका राँगाहरु पनि कम्पनीले खरिद गर्ने छ र जोनमा केही दिन ल्याएर राखे पछि मासु कटिङ पठाईने छ ।
