चिनि कालो वजारी गर्नेलाई सिन्धुली प्रशासनले हदैसम्मको कारवाही गर्ने

सिन्धुली जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती प्रकाशित गरी विभिन्न वहानामा चिनि स्टक राख्ने,कृतिम अभाव सृजना गर्ने, कालो वजारी गर्ने अन्य जुनसुकै उदेश्यवाट अभाव सृजना हुने गरी चिनिको जम्माकोरी गर्ने जो कसै व्यापारीलाई कारवाही गर्ने जानकारी गराएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्धारा प्रकाशित विज्ञप्तीमा वजारमा सहज रुपमा चिनि प्राप्त गर्न सकिने अवस्था हुँदा हुँदै कसैले अस्वभाविक,अनावश्यक र अमिल्दो रुपमा चिनिको वुकिङ गरेको गरेको देखाई चिनि स्टकमा राखी वजारमा कृतिम अभाव सृजना गर्ने व्यापारीलाई नेपालको प्रचलित कानुन वमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । नेपालीहरुको दोश्रो ठुलो चाड दिपावली जनिकिदै गर्दा जिल्ला प्रशासन कार्यालयले चिनिमा कडा निग्रानि वडाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *