सिन्धुली, सिन्धुली जिल्लाको मरिण गाँउपालीकाको मुङग्रे जंगलमा जंगली जडिबुटी खोज्ने गएका एक व्यक्तीको लडेर ज्यान गएको छ । मरिण गाउँपालिका वडा नम्वर२ कटनडाँडा बस्ने ५८ वर्षका टेक बहादुर दंगालीको जडिबुटी खोज्न जंगल जाँदा लडेर मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।
दंगाल जेठ ३२ गते जडिबुटी खोज्न जंगल गएका थिए । राती अबेरसम्म पनि दंगाल घर नआएपछि असार १ गते बिहान स्थानीय र आफन्तहरुले खोजी गरेका थिए ।
सोहि क्रममा घरदेखि पूर्व तर्फ रहेको मुंग्रेभिरको खोँचमा मृत अवस्थामा दंगाली फेला परेका हुन् । मृतकको शवलाई पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।