जनताको कामगर्दा कुनै डरत्रास नमान्न कर्मचारीलाई दाहालको निर्देशन

सिन्धुली,मरिण गाँउपालीकाले आयोजना गरेको स्थानिय सरकार संचालन ऐन कानुन र सार्वजनिक खरिद सम्वन्धी तिन दिने प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका नेता तथा सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल(राजन)ले जनताको काम गर्दा अफ्टेरोमा परिन्छ भन्ने कुनै डरत्रास नराखी काम गर्न कर्मचारीलाई निर्देशन दिनभुयो ।

असल नियतले राम्रा काम गर्दा अख्तियार,अदालत,ऐन कानुन देखी डरमान्नु पर्दैन तपाई उनीहरुलाई उभिएर जवाफ दिन सक्नु हुन्छ । मरिणका कर्मचारीलाई निर्देशन दिँदै डराउनु पर्छ केही भने तपाईको कमजोरी,गलत नियत सहित गरेका कामहरुसँग डराउनु अन्यथा कोहीसँग डराउनु पर्दैन प्रतिनिधि सभा सदस्य दाहालले वताउनुभयो ।

कर्मचारीले जनता र राष्टप्रति उत्तरदायी भएर गरेका कामहरु प्रति डराई रहनु पर्दैन उहाँले सो कार्यक्रममा भन्नुभयो । कर्मचारीको सुरुवा गरेर समस्याको समाधान हुँदैन स्वयम कर्मचारीले जनउत्तरदायी भएर आफ्नो स्वभाव परिर्वतन गर्न सुझाव दिनुभयो ।

संघिय व्यवस्थाको सुन्दरता भनेको प्रदेश र स्थानिय सरकारनै हो । संघिय सरकारले निति निर्माणको काम गर्दछ । प्रदेश सरकारले विकासका योजना वनाउन छ । स्थानिय सरकार जनतासँग प्रत्यक्ष जोडीएको हुन्छ । स्थानिय सरकारले राम्रो भए प्रदेश र संघिय सरकार राम्रो हुन वाध्य हुने सांसद दाहालले वताउनुभयो ।

मरिण गाँउपालीका अध्यक्ष विर्मष मोक्तान(प्रख्यात)ले कार्यालयमा आएका जनतालाई नमस्कार गरेर के कामको लागी आउनु भएको हो सोध्न र छिटो छरीतो सेवा उपलव्ध गराउने आग्रह गर्नुभयो । सेवा ग्राही कार्यालयमा काम लिएर आउँदा कम्युटर,फेसवुक,टिकटक चलाएर कर्मचारी वस्नु नहुँने अध्यक्ष मोक्तानले वताउनुभयो । कार्यक्रममा कर्मचारी सेवा ग्राहि प्रति उत्तरदायी वन्नु पर्ने सुझाव अध्यक्ष मोक्तानले दिनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव काँसीराज दाहालले कर्मचारीलाई थानिय सरकार संचालन ऐन कानुन र सार्वजनिक खरिद सम्वन्धी तिन दिन प्रशिक्षण दिनु हुने छ । उद्घाटन कार्यक्रममा कार्यक्रमको उदेश्यवारे गाँउपालीका उपाध्यक्ष विमला माझीले प्रकाश पार्नु भएको थियो भने स्वागत प्रमुख प्रशासकिय अधिकृत विकाश सुन्दासले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *