सिन्धुली,जनसाँस्कृतिक महासंघ नेपालको प्रथम सिन्धुली जिल्ला सम्मेलन आइतवार सम्पन्न भएको छ । प्रथम सम्मेलनले रामदीप सुनुवारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरको छ । जस्को उपाध्यक्ष ग्रिस्मा दियाली,सचिव विर्खवहादुर वाईवा,सहसचिव हिमाल राई,कोषाध्यक्ष हरि अछामी,सदस्य विरु लुंगेली,विरपति व्लोन, सुदिप विक गरेका छन ।
सम्मेलनमा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज वुद्धिमान माझी (वसन्त) जनसाँस्कृतिक महासंघ नेपालको केन्द्रीय कोषाध्यक्ष तथा वागमती प्रदेश इन्चार्ज विमला केसी,पानीराज वम्जन जिल्ला संयोजक नेकपा माओवादी केन्द्र सिन्धुली,रामचन्द्र श्रेष्ठ जनसाँस्कृतिक महासंघ नेपालको केन्द्रीय सदस्य,वागमती प्रदेश जनसाँस्कृतिक महासंघ नेपालका अध्यक्ष विश्व दोङको सहभागीता रहेको थियो ।
सम्मेलन पछि जनसाँस्कृतिक महासंघ नेपाल वागमती प्रदेश सम्मेलनको लागी सिन्धुली जिल्लावाट अध्यक्ष रादिप सुनुवार,उपाध्यक्ष ग्रिष्मा दियाली,सचिव विर्खवहादुर वाईवा,सहसचिव मिमाल राई तथा कोषाध्यक्ष हरि अछामीलाई प्रतिनिधि चयन गरिएको छ ।