जलकन्याको हायूगाउँ शीरमा पुग्यो सुरुङ

सिन्धुली,राष्ट्रिय गौरवका आयोजनाहरुले खर्च गर्न नसकेर काम निराशाजनक भइरहेको समयमा सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको प्रगति भने लक्ष्यभन्दा बढी भएको छ । जलकन्या हायूगाउँ शीरमा सुरुङ पुगेको छ । असार मसान्तसम्म भौतिक प्रगति लक्ष्यको १२० प्रतिशत र वित्तीय प्रगति लक्ष्यको ९९.७६ प्रतिशत रहेको आयोजनाले जनाएको छ । रकम अभाव भएको आयोजनाको दावी छ ।

सुनकोसी–मरिण बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार खन्न सुरु भएपछिको ९ महिना १० दिनसम्म (असार मसान्तसम्म) ७ हजार ५७१ मिटर ९७.५७१ किलोमिटर० सुरुङ खन्ने काम भएको छ । कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म ५६. ८६ प्रतिशत सम्पन्न भएको हो ।

सुरुङ खन्ने काम कमलामाई नगरपालिका वडा नं २ को कुसुमटारबाट थालनी भइ चुरे क्षेत्र पार गरेर हाल महाभारत क्षेत्रमा प्रवेश गरेको छ । यतिखेर वडा नं ३ को जलकन्या हायूगाउँ शीरमा सुरुङ पुगेको छ । १३२० मिटरको उचाइमा हाल खन्ने काम भइरहेको र यो नै सबैभन्दा बढी उचाइ रहेको आयोजनाले जनाएको छ । चुरे क्षेत्र पार गरी सुरुङ खन्ने टीबीएम मेसिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेको आयोजना प्रमुख बरालले बताए । सुनकोसी गाउँपालिकाको कानढुंग्रीमा गएर सुरुङ निर्माण सम्पन्न हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *