जात जाति वर्ण लिङ्ग वर्ग क्षेत्र भूगोलका आधारमा विभेद गर्न पाईदैन,कसैले त्यस्तो कार्य गरे गराए कानुन बमोजिम सजायको भागिदार वन्नुपर्छःकानुन मन्त्री गंगा श्रेष्ठ

सिन्धुली,केही दिन देखी सामाजीक संजालमा कानुन व्यवसायी भगवती पाण्डे तामाङलगायत अन्य जाति, समुदायको बारेमा सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले विवादीत छिन । कानुन व्यवसायी पाण्डेले दिएको अभिव्यक्ति प्रति वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आफ्नो फेसवुक मार्फत आपत्ति जनाउदै जात, जाति, वर्ण, लिङ्ग, वर्ग, क्षेत्र, भूगोलका आधारमा विभेद पुर्ण अभिव्यक्ति दिने व्यक्तीलाई कानुन वमोजीम कारवाही हुनु पर्ने उल्लेख गरेका छन् ।

वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानाराण् श्रेष्ठले आफ्नो फेसवुकमा लेख्छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता, समाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्‍भावलाई संरक्षण एवं संवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्यगरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै नेपालको संविधान (२०७२) को प्रस्तावना हो यो ।

संविधान बन्नुभन्दा अगाडि नागरिकले भोग्नुपरेका विभिन्न खाले विभेदलाई आत्मसात गर्दै भविष्यमा यस्ता किसिमका विभेद भोग्नु नपरोस् साथै हिजोका दिनमा जात, जाति, वर्ण, लिङ्ग, वर्ग, क्षेत्र, भूगोलका आधारमा जुन विभेद र दलन भयो, अब त्यस्तो विभेद र दलन नहोस् भनेर संविधानको प्रस्तावना नै यस्तो लेखिएको हो । संविधानत कोही कसैले कुनै पनि किसिमको विभेद गर्न वा गराउन पाइँदैन । यदि कोही कसैले त्यस्तो कार्य गरेरगराएमा कानुनबमोजिम सजायको भागिदार बन्नुपर्छ ।

कानुन व्यवसायी भगवती पाण्डे (शीतल)ले तामाङलगायत अन्य जाति, समुदायको बारेमा सार्वजनिक रूपमा दिएको अभिव्यक्ति संविधानको मूल मर्म र भावना विपरीत देखिन्छ । संविधान र कानुनको व्याख्या र परिपालना गर्न, गराउन सहयोग गर्नुपर्ने कानुन व्यवसायीले नै संविधानको मूल मर्म र भावना विपरीत अभिव्यक्ति दिनु शोभनीय भएन ।

जहाँसम्म रिसर्चको कुरा छ, उहाँले विज्ञान र संस्कृति एउटै होइन भन्ने कुरा बुझ्नपर्छ । साथै रिसर्च गर्दा सम्बन्धित समुदायबिच जानपर्छ । उहाँले त्यस्तो गरेको पनि देखिएन । पक्कै पनि समाजलाई वैज्ञानिकीकरण गर्दै लैजानैपर्छ । तर जाति, समुदायको संस्कृतिमाथि ठाडो प्रहार गरेर होइन । यस्तो ठाडो प्रहारले सामाजिक सद्भाव खलबलिने र समाजमा हिंसाको बीजारोपण हुनसक्ने भएकाले समयमै सम्बन्धित व्यक्तिको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *