सिन्धुली,वागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले जिल्ला समन्वय समिति र पुर्वाधार विकास कार्यालयको संयुक्त प्रशासनिक भवनको शिलान्यास गरेका छन् । सो कार्यक्रममा संविधान सभा सदस्य वशन्त माझी,वागमती प्रदेश सभा सदस्य सुस्पा भुजेल,नगरपालीका,गाँउपालीका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
शहरी विकास तथा भवन कार्यालय सिन्धुली निर्माण व्यवसायीसँग २०८० साल चैत २७ गते सम्भौता गरि भवन निर्माणको लागी २०८२ भदौ १० गते सम्पन्न गर्नु पर्ने गरि कार्यदेश दिएको छ ।
भवनको लागत अनुमान १३ करोड २५ लाख ७१ हजार ४१९ भ्याट र पिएस सहितको रकम विनियोजीत भए पनि निर्माण व्यवसायीसँग ९ करोड ३६ लाख ६६ हजार १६६ रुपैयाँमा सम्झौता को भवन डिभिजन कार्यालयले जनाएको छ । लिप्ट सहितको आरसिसी भवन निर्माण गरिने छ ।