सिन्धुली,सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्वर ३ मा रहेको झागाझोली रातमाटा स्वास्थ्य चौकिमा एक्सरे सेवा सुरु भएको छ ।
सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले आज नवनिर्मित एक्स रे भवनको उद्घाटन गरेसँगै सेवा सुरु भएको हो । नवनिर्मित भवन निर्माण गर्न गाँउपालीकाको १५ लाख,वागमती प्रेश सरकारले एक्सरे मेसीन खरिद गर्न १५ लाख तथा त्यसलाई डिजिटल एक्सरे मेसिन अपग्रेड गर्न गाँउपालीकाले थप २० लाख रुपैयाँ अनुदान सहयोग पछि डिजिटल एक्सरे मेसिन जडान गरिएको रातमाटा स्वास्थ्य चौकी इन्चार्ज विनिता श्रेष्ठ प्रधानले वताईन ।
झागाझोली रातमाटा स्वास्थ चौकिमा एक्सरे सेवा सुरु भएपछि यो सेवा लिन,हात्मीय सामुदायीक अस्पताल खाल्टे,खुर्कोट तथा धुलिखेल लगाएत अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
कार्यक्रममा सुनकोसी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन न्यौपाने ,वडा न ३ का अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ, स्वास्थ प्रमुख ओम प्रकास झा, सुनकोसी स्थिति विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।